कर्मचारी समायोजनमा प्रश्न नउठाउन प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी समायोजनमा विवाद नझिक्ने आन्दोलनरत कर्मचारीहरुलाई चेतावनी दिएका छन् । उनले आइतबार प्रतिनिधिसभालाई संबोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले कर्मचारीहरुको आधिकारिक संगठनसँग वार्ता र सहमति गरेअनुरुप समायोजन गरेका कारण कसैले पानी धमिलो बनाउन नमिल्ने बताए । उनले भने, ‘सात वर्षको एकमुष्ठ पैसा लिने, अनि ३० वर्ष पूरा भएपछि पेन्सन पनि लिने व्यवस्था हटाएका हौं । दक्ष र अनुभवी कर्मचारीलाई अवकास दिने व्यवस्था पनि सुधार गरेका हौं ।’