News अर्थ शेयर कर्पोरेट कुरा: पैसाको

छ हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने,

छ हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने,

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सबैभन्दा खराव रेटिङ पाएका कम्पनीहरुलाई प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्न नदिने निर्णय गरेको छ । मुद्रा बजार तथा पूँजी बजारको सुधारको लागि गठित उच्च स्तरिय समितिको निर्देशन मान्दै बोर्डले यस्तो निर्णय गरेको हो । 

बोर्डको निर्णयसँगै अब ६ वटा हाइड्रोपावर कम्पनीले आइपिओ शेयर निष्काशन गर्न नपाउने भएका छन् । 

 

प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएका सयपत्री हाइड्रोपावर, इस्ट्रन हाइड्रोपावर, भैरवकुण्ड हाइड्रोपावर, युनिक हाइडेल कम्पनी र युनियन हाइड्रोपावरको क्रेडिट रेटिङ सबैभन्दा खराव सुचिमा परेका छन् । 

जसमध्ये युनिक हाइडेल कम्पनी, युनियन हाइड्रोपावरले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गरेकोमा अहिले बोर्डले प्रस्ताव गरे अनुसार कानुनमा संबोधन भएर आए ती कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्न पाउने छैनन्। 

 

लगानीकर्ताको संघ संगठन तथा दवाव समुहले नेपाल धितोपत्र बोर्ड तथा सरकारले गठन गरेको मुद्रा बजार तथा पूँजी बजारको सुधारको लागि गठित उच्च स्तरिय समितिसँग खराव रेटिङ आएका कम्पनीलाई प्राथमिक शेयर निष्काशनमा रोक लगाइनु पर्ने भन्दै माग राखेका थिए। 

उच्चस्तरिय समितिले लगानीकर्ताको मागलाई हुबहु संबोधन गर्ने क्रममा नेपाल धितोपत्र बोर्डलाई खराव रेटिङ आएका कम्पनीहरुको प्राथमिक शेयरको निष्काशनमा रोक लगाउन सुझाव दिएको थियो। 

 

खराव रेटिङका कारण साधारण शेयर जारी गर्न नदिने निर्णयअघि ८ वटाले रेटिङ गराएका थिए। त्यसमध्ये दुई आखु खोला जलविद्युत कम्पनी र घलुम्दीले शेयर जारी गरिसकेका छन्। दुबै कम्पनीको प्राथमिक शेयर प्रभावित क्षेत्रमा बिक्री भएको थिएन तर सर्वसाधारणको लागि बिक्री गर्दा मागभन्दा धेरैको लागि आवेदन परेको थियो। जहाँ घलेम्दीको आइपिओ बिक्री अझैखुला नै रहेको छ।

 

खराव रेटिङ आएका कम्पनीले दिने प्रतिफल धेरै नै कमजोर हुने भएकोले दोस्रो बजारका लगानीकर्ताले त्यस्ता कम्पनीलाई रोक लगाउनु पर्ने भन्दै आवाज उठाउदै आएका थिए। प्राथमिक शेयर निष्काशन गर्दा यस्ता कम्पनीको शेयर बिक्री हुने तर दोस्रो बजारमा कम्पनीको मूल्य नबढ्ने भएपछि लगानीकर्ताले शेयर जारी गर्नै दिन नहुने माग राखेका थिए।

 

नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले शेयर बजारका बारेमा पर्याप्त ज्ञान नभएकाहरुले साधारण शेयर भन्ने वित्तिकै जस्ता कम्पनीमा पनि पैसा हाल्ने गरेको र पछि फस्ने गरेकाले विरोध गरिएको जानकारी दिए। 

प्राथमिक शेयर निष्काशन गरेको १०औं बर्षसम्म पनि लाभांस दिन नसक्ने कम्पनीहरुलाई शेयर निष्काशन गर्न दिँदा लगानीकर्तालाई आर्थिक भार मात्रै थपिने गरेको लगानीकर्ताहरुको तर्क छ।

 

धितोपत्र बोर्डले खराव रेटिङ आएका कम्पनीको शेयर जारी गर्न यसअघि पनि रोक लगाएको थियो। तर संस्थापकहरुले खुला अर्थतन्त्रमा लगानीलाई नै रोक लगाउन जायज नहुने भन्दै विरोध जनाएका थिए। 
हाल संस्थापकहरुको दवावपछि बोर्डले खराव रेटिङ आएका कम्पनीहरुले आफ्नो वित्तीय अवस्था सबैले थाहा पाउने गरि सार्वजिनक गर्ने सर्तमा अनुमति प्रदान गर्दै आएको छ। 

नेपाल धितोपत्र बोर्ड

विशेष