प्रगति देखाउन आफूअनुकूल तथ्यांक प्रस्तुत गरेर देशलाई ढाँटे ओलीले
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेका तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ पतिशत अंकले मात्र बढी हो । भन्सार विभागको अभिलेखमा भने अलग्गै तथ्यांक छ ।
विभागका अनुसार गत वष्र्डाको पहलिो तीन महिनामा १८.८७ प्रतिशतले व्यापार घाटा भएको छ । प्रधानमन्त्रीको वक्तव्यमा धेरै तथ्यांक आफूअनुकुल थिए । ‘यो उहाँहरुको पुरानो रोग हो । देशलाई ढाँट्नु हुन्छ । व्यापार घाटाको तथ्यांक पाँच महिनाकै उपलब्ध हुँदा तीन महिनाको मात्रै किन देखाउनु ? ’ अर्थविद विश्व पौडेल भन्छन, ‘सरकार सञ्चालन शुरु गरेलगत्तै ल्याइएको श्वेतपत्रमा पनि यस्तै गर्नुभएको थियो । केही पाँच वर्ष भन्नु भयो, केही १० वर्ष । आफूलाई जुन उपयुक्त हुन्छ, त्यही गर्नुहुन्छ ।’
कान्तिपुर दैनिकबाट