शेयर

८औं दिनमा केही आशा जगाउँदै शेयर बजार, ४५ अंकको गिरावटपछि साढे ६ अंकले सुधार

८औं दिनमा केही आशा जगाउँदै शेयर बजार, ४५ अंकको गिरावटपछि साढे ६ अंकले सुधार

अघिल्लो साताको बुधबारदेखि निरन्तर ओरालो लागेको शेयर बजार आठौं कारोबारको दिनमा आएर केहि सुधार गर्दै आशा जगाएको छ । 
१३ दिनसम्मको कारोबारमा लगातार ७ दिनको कारोबार ओरालो लागेको नेप्स करिब ४५ अंकले तल झरेको थियो । १२१६ अंकको बजार ११७१ मा झरेपछि सुधार देखिएको हो। 

 

बजार बढेको बेला अल्पकालिन नाफा सुरक्षित गरेका लगानीकर्ता विस्तारै बजार फर्किन थालेपछि शेयर बजारको कारोबारमा क्रमशः सुधारउन्मुख देखिएको हो । 

सोमबार नेप्से सूचकमा ६.६७ अंकको सुधार आएको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ३१ करोड रुपैयाँ बराबरको करोबार भएको सोमबार भने ३० करोड रुपैयाँ बराबरको मात्र शेयर किनबेच भयो ।

 

सोमबार नेप्से ६.६७ अंकले बढेर ११७७.४६ बिन्दुमा पुगेको छ । १४८ कम्पनीका ९ लाख १४ हजार २३९ कित्ता शेयर किनबेच भएकोमा ३० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भयो । 
आज ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स १.३७ अंकले सुधार भएर २४९.९३ बिन्दुमा पुगेको छ ।

 

 

कारोबारमा आएका १० उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबै सूचक सकारात्मक बनेका छन् । सबै भन्दा धेरै जीवन बीमा समुहको सुचक ९२.६९ अंकले बढेको छ ।

यस्तै निर्जीवन बीमा ८२.८८, होटल्स १७.६५, माइक्रोफाइनान्स ११.५३, विकास बैंक ७.६४, हाइड्रोपावर ५.३७, बाणिज्य बैंक ४.६४ र फाइनान्स १.२ अंकले माथि उक्लिएका छन् । 

 

जसमा सबै भन्दा धेरै गुमाउनेमा उत्पादन तथा प्रशोधन समुह रहेका छन् । जुन आज १२.७६ अंकले ऋणात्मक भए । अन्य समुहको पनि ०.०४ अंकले ओरालो लागेको छ ।

 

सोमबार नेपाल बैंकको सबै भन्दा धरै रकमको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनसीसी बैंकको १ करोड ६१ लाख रुपैयाँ, नागरिक लगानीकोषको १ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५० लाख रुपैयाँ र प्रभु बैंकको १ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएका छन् । अन्य कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

 

यस दिन सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ । यस्तै सिनर्जी पावरका शेयरधनीहरुले ६.५२ प्रतिशतले कमाएका छन् । सिभिल लघुवित्त, सप्तकोशी विकास बैंक, गोर्खाज फाइनान्सको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले बढेका छन् ।

 

यसैगरी समिट माइक्रोफाइनान्स, पुर्निमा विकास बैंक, सुर्या लाइफ इन्स्योरेन्स, कन्काई विकास बैंक, अपि पावरका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

शेयर बजार

विशेष