News

बम्जन आश्रममा सिआइबीको छापा, नुनका पोका र कोइला बटुलेर फर्कियो टोली

बम्जन आश्रममा सिआइबीको छापा, नुनका पोका र कोइला बटुलेर फर्कियो टोली

सिन्धुपाल्चोक । ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

 

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

रामबहादुर बम्जन सिआइबी

विशेष