News

 संसद पदाधिकारीलाई ८ करोडका गाडी खरिद

 संसद पदाधिकारीलाई ८ करोडका गाडी खरिद

रुपन्देही । प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ ।  सभामुख, उपसभामुख, विभिन्न विषयत समितिका सभापिति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो ।

 

अहिले उनीहरु नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ । गाडी खरिदमा भने प्रदेशसभाले सात करोड ९१ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

रुपन्देही प्रदेशसभा सचिवालय

विशेष