News

बम्जनको आश्रममा आउजाउ गर्न निषेध

बम्जनको आश्रममा आउजाउ गर्न निषेध

सिन्धुपाल्चोक । सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ । इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन् । शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सिक विज्ञसहितको टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा शंकास्पद स्थान उत्खनन गर्दा आठवटा नुनको खोल बरामद गरेको थियो। ‘त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ,’ इन्द्रावती गाउँपालिका बाडेगाउँका लक्ष्मण थापाले भने।


पहिले पनि आश्रममा संघका सदस्य या अनुयायीबाहेक अरूलाई जान दिइएको थिएन। त्यहाँको गतिविधिबारे ध्यानमा बिघ्न पर्ने भन्दै जानकारी दिइन्थ्यो। बीचमा प्रहरीले अनुसन्धानमा राखेपछि आश्रमबाट कसैलाई आउन रोक लगाएको छ। तीनदिने अनुसन्धान सकेर पाएको नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ। ‘१५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला पर्‍यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने।


फोरेन्सिक विज्ञले २० पाकेट नुन हालेर गलाइएको परीक्षणमा पुष्टि भए पनि मानवीय अवेशषचाहिँ फेला पार्न सकेको छैन । छापा मारेलगत्तै जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धानलाई तीव्र पारेको उनले सुनाए। प्रहरीले दिनहुँ अनुयायीहरूसँग त्यसबेला भएका घटनाबारे सोधपुछ गरिरहेको छ । ३५ जनाबाट १४ जनामा सीमितटोडेबारी जंगलबीचको ८० रोपनी क्षेत्रफलमा आश्रमका नाममा ८ वटा टहरा छन्। त्यहाँ आहिले १४ अनुयायीमात्रै बस्छन्। ०७१ असोज ६ गते पहिलोपटक तपस्वी बम्जन सिन्धुपाल्चोक आएर भक्तहरूलाई भेटे। इन्द्रावती गापा ५ का केही भक्तले उनी बस्ने आश्रमका लागि ३० रोपनी जमिनको व्यवस्था गरे।


इन्द्रावती गाउँपालिका बाडेगाउँस्थित टोडेबारीको ३० रोपनी क्षेत्रफलको उक्त आश्रम तपस्वी बम्जनकी श्रीमती दीपशिखाको नाममा छ। बोधी संघका केवल लामा, मणिक लामादेखि कमानसिंह लामालगायत ५ जनाले बम्जनको खानपान व्यवस्था गर्थे। हात्ती, घोडा, कुकुर, बिरालोजस्ता सबै जनावर आश्रमभित्र राखेर विभिन्न मैत्री पूजा हुने गरेको थियो। बीचमा भएको मैत्रीसंघ पूजापछि क्रमशस् शिष्य हराउँदै जान थालेका थिए। ‘सुरुमा १ सय ५० ले बोधी तालिम लिएका थिए, ५० जना आश्रममा ध्यानरत रहन्थे। अहिले १४ जनामात्रै छन्,’ स्थानीय एक व्यक्तिले भने।


स्थानीय स्रोतका अनुसार यहाँ मैत्री पूजा भएलगत्तै केही घटना घटेपछि पुराना आनी र अनुयायी भागेका हुन्। ‘त्यसैबेलाका पुराना अनुयायी सबै भागिसकेका छन्। यहाँ भूकम्पपछि आएका मात्रै छन्,’ एक स्थानीयले भने । छतमा ढुंगामुढा तपस्वी बम्जनको आश्रम व्यवस्थापन गरिरहेको बोधी श्रवण धर्म मैत्री संघका महात्मा गुरु गणेश लामाले शनिबारदेखि छतमा ढुंगामुढा हुन थालेको बताए।

 

‘रातमा त्रास देखाउने हिसाबमा जताततै टर्च बालेर छानामा जथाभावी ढुंगा प्रहार हुन्छ, रात परेलगत्तै हामी त्रसित बन्ने गर्छौं,’ उनले भने। उनले प्रहरी टोली गएलगत्तै छानामा ठूलो आवाज आउने गरी ढुंगाले हान्न थालेपछि त्रासदीपूर्ण वातावरण बनिरहेको प्रस्ट्याए।‘यसबारे प्रहरीमा सूचना दिँदैछु, आखिर कसले गर्छ यस्तोरु’ उनले भने । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

रामबहादुर बम्जन सिन्धुपाल्चोक

विशेष