विदेश

मोदीलाई अदालतको झड्का, सिबिआइका निर्देशक आलोक बर्मालाई पुनर्बहाली गर्न आदेश

मोदीलाई अदालतको झड्का, सिबिआइका निर्देशक आलोक बर्मालाई पुनर्बहाली गर्न आदेश

सुप्रिम कोर्टले सिबिआइका निर्देशक आलोक बर्मालाई बिदामा पठाउने निर्णयलाई खारेज गरिदिएको छ । ६ डिसेम्बरको सुनुवाइका क्रममा चिफ जस्टिक रंजन गोगोई, जस्टिस संजय किशन कौल र जस्टिस केएम जोसेफलेले बर्मालाई पुनर्बहालीको आदेश दिएका थिए। यद्यपि उक्त निर्णय बाहिर नआएको बिबिसी हिन्दीले जनाएको छ ।

 

मोदी सरकारले आफूलाई बर्खास्त गर्ने निर्णय गरेपछि बर्मा पुनर्बहालीको माग गर‍्दै अदालत पुगेका थिए । मोदीको केन्द्र सरकारले २३ अक्टुबरमा सिबिआइका निर्देशक आलोक बर्मा र स्पेशल डायरेक्टर राकेश अस्थानालाई बिदामा बस्न लगाएको थियो । त्यसलगत्तै ज्वाइन्ट डाइरेक्टर एम नागेश्वर रावलाई कार्यबहाक निर्देशकको जिम्मावारी दिएको थियो । त्यसपछि करिब १३ अधिकारीहरूलाई पनि अदलबलद गरेको थियो ।

नरेन्द्र मोदी

विशेष