पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरीले पाइनन् नागरिकता, रित्तै फकिईन् अमेरिका
काठमाडाै । नेपाल बन्न गरेको अनेकौँ प्रयास सफल हुन नसकेपछि श्रेया शाह अमेरिका फर्किएकी छन् । अमेरिकाको ग्रीनकार्ड भएर पनि नेपालकै नागरिक भएर बाँच्न इच्छाबाट प्रेरित श्रेया गत वर्ष नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नेपाल आएकी थिइन् । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र जया शाहकी छोरी श्रेया गत वर्ष नेपाल आएर एक वर्षदेखि नगरिकता प्राप्त गर्न प्रयासरत थिइन् ।
वडा कार्यालयदेखि नगरपालिकासम्म र विभिन्न संघसंस्था एवं मिडियासम्म पुग्दा पनि उनले नगरिकता पाउन सकिनन् । आफ्ना बाबु धीरेन्द्र शाह भएको अस्पतालमा जन्मिँदाको कागजपत्रदेखि स्कुल भर्ना गर्दासम्मका कागजपत्र साक्षी हुँदा पनि नागरिकताको लागि सम्बद्ध वडा कार्यालयले बाबुलाई जीवित उभ्याउनुपर्ने सर्त तेर्स्याएको थियो । विगत लामो समयदेखि आमासँगै अमेरिका बस्दै आएकी श्रेयाको ग्रिनकार्ड भए पनि उनी नेपाली नागरिक नै रहन चाहन्थिन्, चाहन्छिन् । एक वर्षको न्यायिक लडाइँ उनका लागि निकै कठिन रह्यो । अन्ततः ग्रिनकार्डवालाले एक वर्षबीचमा पर्कनुपर्ने परस्थितिमा अमेरिकान राजदूतवासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनी अमेरिका फर्कन पाएकी हुन् ।
नागरिकता र पासपोर्ट बनाएर एक साता जतिमा फर्किहाल्ने भनी आफू कार्यरत निकायबाट छोटो छुट्टी लिएर आएकी उनी नागरिकताबिना पासपोर्ट नबन्न र पासपोर्टबिना यात्रा गर्न निमल्ने भएर रोकिएकी थिइन् । आश्चर्य त के छ भने एउटा नेपालीलाई आफ्नै देशले नागरिकताबाट बञ्चित गरे पनि उनले केही समय बिताएको देश अमेरिकाले भने आफ्नो मुलुकको नागरिकता नलिई ग्रिनकार्ड मात्र लिएकी श्रेयालाई अमेरिका फर्काएको छ ।
श्रेया शाह