News

हुम्लामा अत्यधिक हिमपात, हवाईसेवा अवरुद्ध

हुम्लामा अत्यधिक हिमपात, हवाईसेवा अवरुद्ध

सिमिकोट । हुम्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमिकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

 

मंगलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ ।

 

हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन’ स्थानीयवासी पासाङ लामाले भने । 

हुम्ला हिमपात

विशेष