विदेश

बुबाको कुरा नमान्दा जेल जानुपर्ने देश

बुबाको कुरा नमान्दा जेल जानुपर्ने देश

अघिल्लो वर्ष साउदीले महिलालाई गाडी चलाउनक लागि खुल्ला गर्यो । साउदीको नयाँ सिस्टमको विश्वभर सराहना भयो । तर यतिमा मात्रै साउदीको प्रतिबन्धन समाप्त भएको मान्न सकिँदैन । खास गरी महिलाका लागि मेल गार्डियनशिप अर्थात् पुरुष अभिभावक व्यवस्था लागू छ । यो सिस्टमअनुसार महिलाका लागि हुने ठूलो निर्णय बुबा, भाइ वा श्रीमानको हातमा रहन्छ ।

 

यसै वर्षको जनावरी साउदीमा लागेका यस्ता प्रकारका प्रतिबन्धको कुरा सार्वजनिक भएको हो । साउदी युवतीले जब आफ्नो परिवारका सदस्यलाई छोडेर थाइल्यान्डको राजधानी बैंककमा सरण लिन पुगिन् त्यसपछि मात्रै साउदीभित्रको यो पछिल्लो रहस्य बाहिरिएको हो । १८ वर्षीया युवती रहाफ मोहम्मद अल कुनुनले परिवारका सदस्यसँग सम्बन्ध तोड्दै बैंकक हुँदै अस्ट्रेलिया जाने प्रयास गरेकी थिइन् । यसै क्रममा उनी थाइल्यान्डको एक होटेलको कोठामा आफूले आफैँलाई केही दिन बन्द गरेर पनि राखिन् ।

 

उनका अनुसार यदि उनलाई घर फिर्ता गरियो भने उनका परिवारका सदस्यले उनको हत्या जस्तो संगिन कार्य गर्नपछि पर्दैनन् । साउदीमा राहदानी बनाउन, विदेश पढ्न जान, कतै घुम्न जान, छात्रावृत्तिका लागि आवेदन दिन, विवाह गर्न, जेलबाट छुट्नका साथै यौन हिंसा पीडितका लागि बनाएका आश्रमबाट निस्कनका लागि पनि परिवारका पुरुष सदस्यसँग अनुमति लिनु पर्छ ।

 

साउदी अरबले सन् २००० मा महिलामाथि हुने सबै प्रकारका हिंसा उन्मूलन गर्ने संयुक्त राष्ट्र संघको कन्वेन्सनमा सहमति जनाएको थयो । साउदीले शरिया कानुन वा इस्लामिक कानुनअनुसार आफ्ना देशका महिलालाई पुरुष बराबर समान अधिकार प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म उसले जनाएका प्रतिबद्धता पूरा गर्न सकेको छैन ।
 

साउदी अरब

विशेष