News अर्थ

मितव्ययी ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड ३० लाख

मितव्ययी ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड ३० लाख

काठमाडौं । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्यढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ। उपचारखर्चलगायत नाममा यो रकम बाँडिएको हो। आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि छन्।

 

अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिनामा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। मंसिरमा मात्र सरकारले १ करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ। मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन।

 

अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणअनुसार मंसिर ३ मा बसेको मन्त्रिपरिषद् बैठकले ४२ जनालाई ३१ लाख रुपैयाँ र त्यसको एक सातापछि १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई २८ लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध गराउने निर्णय गरेको थियो। मंसिरमा मात्र सरकारले करिब १ करोड २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थले जनाएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

अर्थ मन्त्रालय केपी शर्मा ओली

विशेष