News

डा. केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

डा. केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

काठमाडौं । पटक-पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा. गोविन्द केसीले अवरोध पुर्याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अनसन र अबरोधबाट अस्पतालको सेवा र प्रतिष्ठामाथिनै प्रश्न उठ्न थालेको उनीहरुको धारणा छ । 

 

त्रिवि शिक्षण अस्पतालका चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, नर्सलगायतले डा. केसीको अनशनले सेवा प्रवाहमा अवरोध आई बिरामीहरू निजी क्षेत्रको अस्पतालमा जान बाध्य भएको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा. प्रदीप ज्ञवालीले डा. केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताए ।

 

उनले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताए । हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिविअन्तर्गतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताए । उनले अस्पताल परिसरभित्र कुनै पनि अनशन हुनु दुर्भाग्य भएको भन्दै अस्पताल बाहिर गएर रिले अनसन गर्न नेपाल चिकित्सक संघलाई अनुरोध गरे । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

डा. गोविन्द केसी शिक्षण अस्पताल

विशेष