News

अनशनको समर्थनमा अनशन : 'म अर्को डा. केसी'को अनशन तेस्रो दिनमा

अनशनको समर्थनमा अनशन : 'म अर्को डा. केसी'को अनशन तेस्रो दिनमा

काठमाडौं : 'म अर्को डा केसी' भनेर दुई युवाले अनशन सुरु गरेको तेस्रो दिन भएको छ। डा गोविन्द केसीलाई समर्थन गर्दै यी दुई युवाले अनशन सुरु गरेका हुन्।

खेमबहादुर मगर र अर्जुन प्रसाद कोइरालाले डा. केसीका मागलाई समर्थन गर्दै शहीद दिवसका दिन अर्थात् माघ १६ गते बेलुकी ६ बजेबाट अनशन सुरु गरेका हुन्। उनीहरूले सुरु गरेको ७२ घण्टे अनशन शनिबार छ बजे सक्निने छ। उनीहरूले म अर्को डा. केसी लेखिएको ब्यानरसहित रत्नपार्कस्थित शान्तिबाटिकामा अनशन बसिरहेका छन्।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधका बाबजुद डा. केसीको मागविपरीत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित गरेको छ। डा केसीको मागविपरीत सरकारले विधेयक पारित गरेपछि नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य सेवा ठप्प पारेको छ भने डा केसीको पक्षमा दैनिक जसो प्रदर्शन हुँदै आएका छन्।

प्राडा गोविन्द केसी अनशन

विशेष