बिजेपी अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू
एजेन्सी । भारतीय जनता पार्टी(बिजेपी)का राष्ट्रिय अध्यक्ष अमित शाहलाई स्वाइन फ्लूको संक्रमण भएको छ। उनलाई स्वाइन फ्लूको संक्रमण देखिएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ। उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा ट्विटरबाट जानकारी गराएका हुन्। उनले ट्विटर गरेका छन्, 'उपचार चलिरहेको छ। म छिट्टै ठीक भएर काममा पर्किने छु।'
उनको अस्वस्थताले पार्टी नेतृत्व र आगामी कार्यक्रमहरूमा प्रभाव पर्ने बताइएको छ। सबैभन्दा धेरै असर पश्चिम बंगलामा मे २० मा हुन गइरहेको पार्टीको अभियानमा देखा पर्ने भारतीय सञ्चार माध्यमहरूले जताएका छन्। रथयात्रा निकाल्ने तयार रहेको उक्त क्षेत्रमा उच्च अदालतले स्वीकृत नदिएपछि अध्यक्ष अमितले नै पाँच वटा र्यालीमा सहभागिता जनाउने कार्यक्रम तय भएको थियो। उनको अस्वस्थताले यी सबै कार्यक्रम प्रभावित हुने भएका छन्।
अमिता शाह