News

डा. केसीको मागमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायाधीससहितको टोली इलाम जाँदै

डा. केसीको मागमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायाधीससहितको टोली इलाम जाँदै

काठमाडौं । अनशनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँन पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीसहितको नागरिक अगुवाको टोली इलाम जानेभएको छ। विगत ९ दिनदेखि इलाममा अनशनरत डा केसीको अनशनस्थलमा पुगेर ऐक्यबद्धता जनाउन टोली इलाम जान लागेको हो।

 

टोलीमा पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालका पूर्वउपकुलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा अभिशेक सिंह रहेका छन्। १५औँ अनशनका क्रममा आफूसँग भएका प्रतिबद्धता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शिक्षा तथा स्वास्थ्य संसदीय समितिले पारित नगरेपछि डा केसीले गत पुस २५ गते इलामबाट आफ्नो १६ औँ अनशन सुरु गरेका हुन्।

 

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि चार दिनअघि उनलाई इलामस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ। त्यस्तो बुधबार धरानबाट गएको विशेषज्ञ चिकित्सक टोलीले डा. केसीको अवस्था गम्भीर रहेको र उनलाई सुविधायुक्त अस्पतालमा भर्ना नगरिए जुनसुकै बेला जे पनि हुने चेतावनी दिएको छ। धेरै दिनका अनशनका कारण मुटुको धड्कनमा उचारचढाव, रगतमा चिनीको मात्रमा कमी, फोक्सोमा संक्रमणका साथै निमोनिया पनि देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन।

डा गोविन्द केसी

विशेष