News

श्रीमतीलाई बलात्कार गर्ने आरोपीत कारागार चलान

श्रीमतीलाई बलात्कार गर्ने आरोपीत कारागार चलान

ताप्लेजुङ । श्रीमतीलाई बलात्कार अभियोग लागेका ताप्लेजुङका एक युवक कारागार चलान भएका छन् । जिल्लाको सिरिजंगा गाउँपालिकाका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । जिल्ला अदालत ताप्लेजुङको आदेशमा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।

 

प्रहरीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरेको थियो । आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि २० वर्षीय युवकलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो । श्रीमतीको उजुरीपछि अर्कै गाउँपालिकामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ताप्लेजुङ कारागार चलान

विशेष