News राजनीति

तीन तलाको अनुमति लिएर १० तलाको भवन निर्माण, उपराष्ट्रपतिले गरे उद्घाटन  

तीन तलाको अनुमति लिएर १० तलाको भवन निर्माण, उपराष्ट्रपतिले गरे उद्घाटन  

कास्की । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । 

 

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए ।

 

भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीबनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुन

विशेष