News

त्रिभुवन विश्वविद्यालयका २५ प्राध्यापक बर्खास्त 

त्रिभुवन विश्वविद्यालयका २५ प्राध्यापक बर्खास्त 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ। त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो। लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ।

 

त्रिभुवन विश्वविद्यालयअन्तर्र्गत देशभर ६१ आंगिक क्याम्पस छन् । प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई हेल्मेट प्राध्यापकको रूपमा चिनिन्छ । पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो । जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी छन् । बर्खास्त हुनेमा शिक्षकअन्तर्गत उपप्राध्यापक, सहप्राध्याक र प्राध्यापक छन् ।

 

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । सो प्रावधानअनुसार उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो। 

 

यस्तै, पूर्वस्वीकृत नलिई काम गरेका २० जना शिक्षकलाई नसियत गराइएको छ । उनीहरूलाई नसियतस्वरूप लिखित रूपमै सचेत गराइएको त्रिविले बताएको छ । त्रिभुवन विश्वविद्यालयबाहेक अन्य निकायमा पूर्वस्वीकृतिबिना अन्य ठाउँमा गर्न नमिल्ने प्रावधान छ। यो खबर राजधानी दैनिकबाट लिइएको हो । 

त्रिभुवन विश्वविद्यालय बर्खास्त

विशेष