News

बालबालिकाको झगडाले लियो उग्र रुप, १६ जना घाइते, अधिकांशको टाउको र हातमा चोट

बालबालिकाको झगडाले लियो उग्र रुप, १६ जना घाइते, अधिकांशको टाउको र हातमा चोट

सिरहा - बालबालिकाको झगडालाई लिएर मुस्लिम–मुस्लिम समुदायबीच नै झडप भएको छ । जसमा दुवै पक्षका १६ जना घाइते भएका छन्। सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारश्वरमा मुस्लिम–मुस्लिम समुदायका व्यक्तिबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक .(इन्सपेक्टर्र)राम सनदारका अनुसार केही बालकबालिकाबीच भएको झगडाको विषयमा विवाद बढ्दै गएपछि मैन र नटवा टोलका व्यक्तिबीच झडप भएको थियो ।

उनले भने,'बुधबार भएको झडपमा परी दुबै पक्षका करिब १६ जना घाइते भएका हुन्।' अधिकांश घाइतेकाे टाउकाे र हातमा चाेट लागेकाे छ।

घाइतेहरुको उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेहरु फुटन कुजरा, मोहम्मद तसमिम राइन, महोम्म समसेर राइन, कैउम मियाँ, मोहम्मद मुस्तुफा मिया, मोहम्म मेहवुल मियाँ, मोहम्मद मदिना खातुन, फइम राइन, महिमूल खातुनलाई विराटनगर रेफर गरिएको इन्सपेक्टर सनदारले बताए।

यस्तै, घाइतेहरु जरिना खातुन, अब्दुल कादिर, जैतुन खातुन, साहिद मियाँ, अब्दुल रहमान राइन, मोक्तार राइनको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांश उपचार पछि घर फर्कि सकेका छन् ।प्रहरीले झडपपछि केही जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकाहरुको बयानअनुसार केही बालकबीच भएको झगडाको विषयले उग्र रुप लिँदा समुदायका व्यक्ति नै झडपमा उत्रिएका थिए ।

विशेष