News

विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनका हातबाट टीका र आशीर्वाद ग्रहण गरिँदै 

विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनका हातबाट टीका र आशीर्वाद ग्रहण गरिँदै 

काठमाडौँ ।  आज विजया दशमीको तेस्रो दिन । आज पनि टीका लगाइन्छ । कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन रहेकाले आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो । टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको जित भएको खुशीयालीमा पूर्णिमासम्मै विभिन्न स्थानमा दुर्गा भवानीको प्रसादस्वरुप टीका थप्ने प्रचलन छ । 

विशेष