News

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुसंग छलफल

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुसंग छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग छलफल गर्दै हुनुहुन्छ । छलफलमा पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरु सहभागी छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।

चिनियाँ राष्ट्रपतिसंग नेपालले कुन कुन विषयमा कस्ता धारणा राख्ने विषयमा पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविज्ञहरुले सुझाव दिइरहनु भएको छ । 

चिनियाँ राष्ट्रपति

विशेष