मेडिकल कलेजहरु सरकारीकरण गर्नु पर्छ : महर
काठमाडाैँ - नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष नैनसिंह महरले मेडिकल शिक्षामा सवैको पहुँच पर्याउन देशभरका मेडिकल कलेजहरु सरकारीकरण गरिनु पर्ने बताएका छन्।
नेकपाको भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमीटीले आज राजधानीमा गरेको “ चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल “ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै महरले ऐन कार्यान्वयनको विकल्प नरहेको तर देशको सर्वांगिण विकासका लागि शिक्षा र स्वास्थ्य राज्यले सम्पुर्ण रुपमा जिम्मा लिनु पर्ने बताए।
अहिले मेडीकलका विद्यार्थीहरुले सुधारका लागि गरेको आन्दोलनमा हाम्रो साथ र समर्थन रहेको भन्दै महर ले सरकार राज्यका सवै अंगहरुमा प्रहार गरेर अराजकता निम्त्याई रहेको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन आज सम्म सार्वजनिक नगर्नु वाट सरकार अपार्दशी तवरले काम गर्न थालेको प्रष्ट हुन्छ ।