सी जिनपिङ विरुद्ध नाराबाजी, ५ जना पक्राउ
ऐजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङ चेन्नईमा पुग्नु अघि तमिलानाडु राज्य भर सुरक्षा व्यवस्था कडा पारिएको छ। सी यात्रा गर्ने सडक देखि बस्ने गुइन्डीस्थित आइटीसी ग्रान्ड छोला होटलमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यता, आइसिटी ग्रान्डबाहिर सीको भ्रमण विरुद्ध प्रदर्शन गर्न प्रयास गरेका ५ तिब्बती अभियन्ताहरुलाई प्रहरीले भारतीय पक्राउ गरेको द हिन्दुले समाचार लेखेको छ। तिब्बती झण्डा लिएर चिनियाँ राष्ट्रपति विरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरि गुइन्डी प्रहरी चौकीमा लगिएको अधिकारीहरुले बताएका छन्।
प्रहरीले सीको भ्रमणको संघारमा केही दिनयता २० तिब्बतीहरुलाई नियन्त्रणमा लिइसकेको छ। यस्तै चेन्नई विमानस्थल बाहिरबाट बैंगलोरबाट आएका ६ तिब्बतीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।