सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो । दुर्घटनाका गम्भीर घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।
दुर्घटनामा परेर हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको छ ।
मृतक ११ मध्ये पाँच जनाको सनाखत समेत भइसकेको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य ६ जनाको भने सनाखत भएको छैन।
सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।
घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ।