खुलामै शौच , हचुवामा घोषणा !
काठमाडौँ असोज १४ , सरकारले पूर्ण सरसफ़ाईका सामान्य मापदण्डसमेत पुरा नगरी नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको छ।
२०६८ सालदेखि एक घर एक सौचालय भन्ने नाराका साथ सुरु गरिएको किहुल्ला दिसामुक्त घोषणा अभियान करिब ८ बर्षपछि पुरा भएको दाबी सरकारले गरेको छ। दक्षिण एसियामै खुला दिसामुक्त भएको पहिलो राष्ट्र नेपाल भएको सार्कको दाबी छ। सर्ककरी निकायहरुले सार्वजनिक गरेको तथ्यांकले भने एक घर एक चर्पीको लक्ष्य र पूर्ण सरसफाईका मापदण्ड पुरा नभएको देखाएको छ।
खानेपानी बिभागले उपलब्ध गरेको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर करिब ५६ लाख ६० हजार २ सय १४ ओटा मात्र शौचालय रहेका छन। यो संख्या जम्मा घरपरिवारसंख्याको एक तिहाई भन्दा केहि बढी मात्र हो।
यो समाचार आजको कान्तिपुरमा दिपेन्द्र बिष्टले लेखेका छन।
खुलामै शौच हचुवामा घोषणा