चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ केहीवेरअघि काठमाडौं उत्रिएका छन् । उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गरेका छन् ।
दुईदिने भारत भ्रमण सकेर भारतको चेन्नईबाट विशेष विमानमा राष्ट्रपति सी नेपाल आएका हुन् । नेपाली समयअनुसार १ बजेर ४८ मिनेटमा चेन्नईबाट विमान उडेको थियो ।
राष्ट्रपति सी र नेपाली समकक्षीसंग आजै शिष्टाचार भेट हुने कार्यक्रम छ ।