चिनियाँ राष्ट्रपतिको विमानमै स्वागत

चिनियाँ राष्ट्रपतिको विमानमै स्वागत

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । २३ वर्षपछि आएका छिमेकी देशका राष्ट्रप्रमुख सी लाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले विमानमै गएर स्वागत गर्नुभएको थियो । त्यसपछि पञ्चकन्याले फूलमाला सहित राष्ट्रपति सी को स्वागत गरेका थिए । 
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख डा. शिवमाया तुम्बाहाङफे लगायत सरकारका मन्त्री, मुख्यसचिव, सचिव, सेना र प्रहरीका उच्च अधिकारीहरुको उपस्थिति थियो । सो अवसरमा विशिष्ट पाहुनालाई नेपाली सेनाद्वारा सम्मान गारत अर्पण गरिएको थियो । 

राष्ट्रपति सी ले नेपाली समकक्षीलाई आफ्नो प्रतिनिधिमण्डलका सदस्यसंग परिचय गराएका थिए । केही छिन अति विशिष्ट कक्षको बसाईपछि राष्ट्रपति सी को सवारी उनी बस्ने सोल्टी होटलतर्फ चलाइएको छ । 

आजै राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच होटल सोल्टीमा शिष्टाचार भेट हुँदैछ । सोही होटलमा राष्ट्रपति सी को सम्मानमा समकक्षी विद्यादेवी भण्डारीले रात्रीभोजको आयोजना गरेकी छन् । 

राष्ट्रपति सी ले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग छलफल गरी राजनीतिक भेटघाटको औपचारिक थालनी गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग एक्लाएक्लै भेट गर्ने तय भएको छ ।  
 

सी जिनपिङ विद्यादेवी भण्डारी

संम्बधित खबर

विशेष