बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै
काठमाडौँ । आज बडादशैँको तेस्रो दिन । आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै छ । आज पनि देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुईँचो लागेको छ । घट स्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।