सी भ्रमण तयारी तिब्र; चिनबाटै 'जहाज र एरोहेड कारकेड सेट' ल्याइने !

सी भ्रमण तयारी तिब्र;  चिनबाटै 'जहाज र एरोहेड कारकेड सेट' ल्याइने !

चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको  उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ ।

‘असोज अन्तिम साता राष्ट्रपति सीको भ्रमण हुन सक्ने भएकाले त्यसलाई लक्षित गरेर सुरक्षा व्यवस्थापन भइरहेको ’ स्रोतले बताएको छ।  

गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणलाई लिएर ‘आन्तरिक सुरक्षा कार्यविधि’ बनाउँदैछ । कार्यविधि निर्माणमा गृहले सेनासँग समन्वय गरेको छ । सुरक्षाको मुख्य कमान्ड सेनाको हुने भएकाले उसको आवश्यकताअनुसार कार्यविधि बनाउन लागिएको हो । कार्यविधिमा विमानस्थलदेखि बस्ने र भेटघाट हुने स्थानमा कुन सुरक्षा निकायले कुन किसिमको जिम्मेवारी लिने भन्ने तय हुनेछ ।

यो समाचार  आजको  कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
 

संम्बधित खबर

विशेष