News

हामी चुप बस्दैनौँ : महिला सांसदहरु 

हामी चुप बस्दैनौँ : महिला सांसदहरु 

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरेका दुव्र्यबहार यथार्थ भए महिला सांसदहरुले चुप नबस्ने चेतावनी दिएका छन् । सांसद उमा रेग्मीले नेपाल आजसँग कुराकानी गर्दै पीडित महिलाले आफूमाथिको दुव्र्यबहारबारे चुप बस्न नहुने भन्दै प्रहरीमा उजुरी गरे आफूहरुले पीडितका पक्षमा जोडतोडका साथ लाग्ने जनाईन् ।

उनले भनिन्–‘पीडित महिलाले मलाई फोन गरेकी थिइन । उनले आफूमाथिको दुव्र्यबहार कल्पनै नगरेको बताईन् । अब यसमा पहिले त पीडितले उजुरी गर्नुपर्यो नि । आरोप त्यत्तिकै लाग्दैन । हो भने हामी चुप बस्दैनौँ । महिलामाथिको ठूलो दुव्र्यबहार हो यो । ’ उनले अगाडि भनिन् –‘अन्याय कसैलाई भएको हो भने सहने कुरा छैन ।’ 

यता नेकपा सचेतक शान्ता चौधरीले भने आफूलाई घटनाबारे बल्ल थाहा पाएकाले बुझेर मात्रै प्रतिक्रिया दिने बताइन् । उनले नेपाल आजसँग भनिन् –‘यो व्यक्तिगत विषय हो । म पछि बोल्छु । अहिले मलाई नसोध्नु । ’

सभामूख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेपछि चौतर्फी आलोचनाको साथै राजिनामाको माग हुन थालेको छ भने सामाजिक सञ्जाल तातिएको छ । 

समाजवादी पार्टीकी महिला सांसद सरिता गिरीले फेसबुकमा स्टयाटस लेख्दै सभामुखको राजिनामा मागेकी हुन् । साँसद गिरीले निष्पक्ष छानविनका लागि सभामुख मार्ग प्रशस्त गर्न आवश्यक रहेको भन्दै राजिनामा मागेकी हुन् । सामाजिक सञ्जालमा सभामुख महराको चौतर्फी आलोचना भईरहेको छ ।

विज्ञप्ति विरोधाभाषपूर्ण

सभामुख महरामाथि पीडितले आरोप लगाए लगत्तै सभामुख सचिवालयले निकालेको विज्ञप्ति विरोधाभाषपूर्ण देखिएको छ ।  सभामुखले आफ्ना प्रेस सल्लाहकार डिल्ली मल्लमार्फत् जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘ सभामुखज्यू असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु। ’ 

हेर्नुहोस् विज्ञप्ति 

तर, सभामुख स्वयंले आफू पीडित महिलाको घरमा पुगेको स्वीकार गरेका छन् । नेपाल न्युज डट कममा महराले आफू महिलाको कोठामा गएको स्वीकार गरेका हुन् । 

हाम्रा कुरा डटकमले लिएको भिडियो अन्तर्वार्ताको ७ मिनेट ८ सेकेन्डमा msir को नाममा सेभ गरिएको ९८५१११६४५६ नम्बरबाट आएको कल महराकै भएको पुष्टि भएको छ । भिडियो कलमा उताबाट ‘सामान्य घटना हो’ भन्ने आवाज सुनिन्छ। पुन यही फोनबाट फेरि कल आउँछ। त्यसपछि पीडित महिलाले भन्छिन्- ‘म मिडियासँग कुरा गरिराखेको छु, शरीरमा निलडाम छन्, अझै सामन्य घटना भन्नु हुन्छ ?’

नम्बर महराकै भएको पुष्टि
यसैबीच नम्बर महराकै भएको पुष्टि भएको छ । हाम्राकुरा डट कममा अन्तर्वार्ताका क्रममा पीडित महिलालाई आएको फोनको नम्बर महराकै भएको संसद सचिवालयको डायरीबाट पुष्टि भएको छ । 


 

सभामुखले अब के गर्ने
सभामुख महरामाथि आरोप लागिसकेपछि राजीनामा दिएर अनुसन्धानका लागि सहयोग गर्नुपर्ने कतिपयको सुझाव छ ।

 

र, यो पनि पढ्नुहोस् :

सभामुख महराको राजिनामा माग

'सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप गलत' 

 

सभामुख महरा प्रकरण

विशेष