विदेश

जापानमा आँधीको लीला (फोटोफिचरसहित)

जापानमा आँधीको लीला (फोटोफिचरसहित)

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने कैयौँ अरू हराइरहेका छन् । बीबीसीकाअनुसार शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ । करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ।

हगिबिस नाम दिइएको आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ । हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो । त्यसपछि उक्त आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ ।

कति खतरनाक छ आँधी ?

आँधी नजिकिँदै गर्दा समुद्री छालहरू विशाल बन्दै गएका थिए । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएको छ । तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन् ।

जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ ।

जेएमएले शनिवार दिउँसोदेखि आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ । पूर्र्वी टोकियोमा हगिबिस आँधीले हानेपछि कैयौँ बुलेट ट्रेन सेवा रोकिएका छन् ।  टोकियोको मेट्रो सर्भिस पनि शनिवार दिनभरजसो रोकिएको थियो ।

टोकियोको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन् । पश्चिम टोकियोस्थित हाचीओजी शिविरमा रहेका एक स्थानीयबासी जेम्स ब्याबले बीबीसीलाई उनको नदी किनारमा रहेको घर बग्ने खतरामा रहेको बताए । भीषण वर्षाले ठूलो क्षेत्र डुबानमा परेको छ । 

गत महिना मात्रै टाइफुन फक्साइले जापानका केही भागमा विध्वंस मच्चाउँदा ३० हजार घरहरूमा क्षति पुगेको थियो ती मध्ये धेरै घरहरू अझ पनि मर्मत सम्भार गरिएको छैन ।

जापान आँधी

विशेष