नेपाल–चीनबीच १७ बुँदे समझदारीपत्रमा हस्ताक्षर
नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच यस्तो समझदारी भएको हो । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ बुँदे समझदारी पत्र एकले अर्को मुलुकलाई हस्तान्तरण गरेका छन् ।
समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो । समझदारी पत्रमा भौतिक पूर्वाधार, रेलवे, चीनसंग सीमाना जोडिएका केरुङ, तातोपानीसम्म बाटोको स्तरोन्नति, कर्णाली करिडोर मदन भण्डारी विश्वविद्यालय निर्माणजस्ता विषय रहेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता प्रारम्भ भएको छ । उक्त वार्तामा नेपाल–चीन सम्बन्धका आयामबारे छलफल हुनेछ । वार्तामा नेपाल सरकारका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल सरकारका मुख्यसचिव, नेपाल कम्युनिष्ट पार्टीका उच्च नेताहको सहभागिता छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा शनिबार आएका सी आजै दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
केपी शर्मा ओली सी जिनफिङ