News

कांग्रेस सांसद अफताव आलम पक्राउ

कांग्रेस सांसद अफताव आलम पक्राउ

नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन् । रौतहटस्थित आफ्नै घरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

२०६४ सालमा संविधानसभा चुनावको मुखमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि रहेको छ । चुनावमा प्रयोग गर्नका लागि भारतबाट ल्याइएका मानिसबाट बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो ।

सो घटना लुकाउनका लागि उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको प्रहरी भनाई छ । उनी रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । 

मोहम्मद अफताव आलम

विशेष