News

यस्ता सामाग्रीसहित प्रदर्शनको तयारी गरिरहेको अवस्था पक्राउ परेका मध्ये ५ विरुद्ध सार्वजनिक मुद्दा

यस्ता सामाग्रीसहित प्रदर्शनको तयारी गरिरहेको अवस्था पक्राउ परेका मध्ये ५ विरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं– प्रदर्शनको तयारी गरिरहेको अवस्थामा शनिबार पक्राउ परेका २२ जना मध्ये ५ जनाविरुद्ध सार्वजनिक मुद्दा चलाइदैँ छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार काठमाडौंको वौद्ध, स्वयम्भु लगायतको स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएर खान तलासी गर्दा अवैध सामाग्री बोकिएको अवस्थमा पाइएपछि ५ जनाविरुद्ध सार्वजनिक मुद्दा चलाइने तयारी भइरहेको छ।

उनले भने,‘ पक्राउ गरिएकाहरु बाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ।’त्यस्तै उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ । फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाद गरिएको थियो। बढेको छ ।पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ । 

विशेष