खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो ।
विस्फोटका कारण उक्त दुईतले घर भत्किएको छ । ठूलो विस्फोटपछि उक्त घरमा आगो लागेको स्थानीयले बताएका छन् ।
राज्य सरकारले मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्ने जनाएको छ ।