‘बालुवाटारको जग्गा किन्दा ठगियौं’
काठमाडौं– गैरआवासीय नेपाली संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैरआवासिय नेपालीहरु ठगिएको खुलासा गरेको।
मंगलबारदेखि काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको स्पष्ट पारे।
विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उनले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिए। तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उनले गरे। उनले भने ‘जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैरआवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु।
राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।