बिस्फोटका २३ घाइतेलाई ईंटाभट्टामा जलाएर मारेको आरोपमा १२ बर्षपछि कांग्रेस सांसद आलम पक्राउ !
काठमाडौँ। बम बिष्फोटमा परेका २३ घाइतेहरुलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा कांग्रेस सांसद एवम पुर्वमन्त्री मोहम्मद अफ्ताफ आलम पक्राउ परेका छन।
१२ बर्ष अघिको घटनामा आलम दोस्रोपटक आइतवार पक्राउ परेका हुन्। राजनीतिक संरक्षणको आधारमा मुद्धा नचल्ने भनि महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनि सर्वोच्च अदालतले आदेश दिएकोसमेत झन्डै साढे सात बर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। आलम कांग्रेसका केन्द्रिय सांसद पनि हुन्।
यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र शिव पुरीले लेखेका छन।