News विदेश

७२ दिनपछि मोबाइल सेवा खुल्यो

७२ दिनपछि मोबाइल सेवा खुल्यो

भारत प्रशासित कश्मीरमा अवरूद्ध गरिएको ७२ दिनपछि मोबाइल सेवा पुन: शुरू भएको छ।

गएको अगष्ट ५ मा कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्नु अघि भारत सरकारले उक्त क्षेत्रमा मोबाइल फोन, टेलिफोन र इन्टरनेट सेवा निलम्बन गरेको थियो।

पछिल्लो निर्णयसँगै ४० लाख मोबाइल फोनहरू पुन: सञ्चालनमा आएका छन् तर प्रिपेड मोबाइल फोन अझै खुल्ला गरिएको छैन्।

उक्त क्षेत्रमा अझै पनि इन्टरनेट सेवा निलम्बित अवस्थामै छ।

अधिकारीहरूले अघिल्लो महिनाबाट ८० प्रतिशत टेलिफोन चल्न थालेको बताएपनि भारत प्रशासित कश्मीरमा धैरै मानिसहरूको त्यसमा पहुँच छैन्।

समाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफ्ना परिवार तथा मित्रहरूसँग दुई महिनापछि जोडिन पाएको भन्दै प्रतिक्रिया जनाइरहेका छन्।

विशेष