News

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान !

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान !

सिन्धुपाल्चोक।  पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । 

इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् । 

 

विशेष