चार्जमा राखेको मोबाइल पड्किएर किशोरीको ज्यान गयो !
एजेन्सी , पछिल्लो समय युवापुस्ताहरु माझ निकै नै लोकप्रिय मोबाइल फोनले बेलाबखतमा विभिन्न घटनाहरु निम्त्याउने गरेको छ र यस्ता घटनाहरु हामीले सुन्दै पनि आइरहेका छौं। हालै मात्र काजकिस्तानमा चार्जमा राखेको मोबाइल पड्किदा १४ बर्षिय किशोरीको ज्यान गएको छ।
मोबाइलमा गीत सुन्दै सिरानीमा चार्जमा राखेर सुतेकी किशोरीको बिहान उठ्दा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
ओवरहीटिंगका कारण मोबाइल पड्केको र किशोरीको टाउकोमा गम्भीर असर पर्न गई मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
यस घटनापछि मोबाइल तातेपछि नचलाउन र चार्जमा राख्दा सकेसम्म आफूभन्दा केहि पर राख्न प्रहरीले सुझाएको छ।