News

अरिंगाल खाँदा १० जना बिरामी परे !

अरिंगाल खाँदा १० जना बिरामी परे !

रुकुमपुर्व, रुकुमपूर्वको कापुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा अरिंगाल खाँदा १० जना बिरामी परेका छन।

बिरामी परेकामध्ये एकको अवस्था गम्भीर रहेको छ भने अन्य ९ जनाको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।  शनिवार नजिकैको जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए।  

बिरामी परेकाहरुलाई  प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको छ।  

 

 

विशेष