पानी खुवाउने क्रममा गोरुले हानेर ७५ बर्षिय बृद्धाको ज्यान गयो !
कंचनपुर , गोरुको सिङले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ७५ बर्षिय चतकली चौधरीको मृत्यु भएको छ।
आइतवार साँझ पानी खुवाउने क्रममा गोरुले हानेर गम्भीर घाइते भएकी चतकलीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले जनाएका छन।