पीडित महिलाले भनिन् : महराकाे चस्मा मैसँग सुरक्षित छ 

पीडित महिलाले भनिन् : महराकाे चस्मा मैसँग सुरक्षित छ 

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएको भनिएकी पीडित महिलाले सभामुख महराको चस्मा आफूसँग सुरक्षित रहेको बताएकी छिन् । बलात्कृत भएको भन्दै उनले महराको चस्मा पनि आफूसँग रहेको मिडियामा अन्तर्वार्ता दिएपछि महराको सचिवालयले एक विज्ञप्ति निकालेर यसको खण्डन गरेको थियो ।

महराको सचिवालयले निकालेको विज्ञप्तिको फेसबुकबाटै खण्डन गर्दै उनले लेखेकी छिन् : ‘आरोप होइन सत्यता हो । डिल्ली मल्लको सभामुख बचाउ विज्ञप्ति झुठा हुन् । भाचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुठो खराफाति कुरा नगर्नु, अझ बढी खाल्डो खनिएला होस् गर्नु ।’ अन्नपूर्ण पोष्टमा समाचार बाहिरिएपछि महिलाले समाचारको लिंक राख्दै स्ट्याटस लेखेकी हुन् । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले निकालेको विज्ञप्तिको खण्डन गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्ट्याट्स :


यसअघि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले यस्तो विज्ञप्ति निकालेका थिए । 

सभामुख महराले भने आरोप अस्वीकार गर्दै आएका छन् । यसबारे पार्टीभित्र छलफल सुरु भएको छ । प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डसहित शीर्ष नेता छलफलमा जुटेको बताइएको छ । 
 

र, यो पनि पढ्नुहोस :

सभामुख कृष्णबहादुर महरा सभामुख महरा प्रकरण

संम्बधित खबर

विशेष