सभामुखबाट बलात्कृत भएपछि पीडित महिलाले सबैभन्दा पहिले कसलाई भनिन् ?

सभामुखबाट बलात्कृत भएपछि पीडित महिलाले सबैभन्दा पहिले कसलाई भनिन् ?

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएको भनिएकी महिलाले घटनाबारे सबैभन्दा पहिला आफ्नो घरबेटीलाई बताएको जनाएकी छिन् । पीडित महिलाले सबैभन्दा पहिला यस घटनाका बारेमा घरबेटीलाई भनेकी थिइन्। महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई जबरजस्ती गर्ने क्रममा मदिरा सेवन गरेका थिए ।

आइतवार साँझ महरा स्वयं स्न्याक्सपनिको बोतलसहित ति महिला संसद्को डेरामा पुगेका थिए। रक्सि दुईओटा गिलासमा राखिएको भएपनि महराकै दबाबमा महिलाले एकै गिलासमा रक्सि पिएका थिए। रक्सिले मातिएर महराले ती महिला कर्मचारीमाथि जबरजस्ती गरी कुटपिट गर्नुका साथै मुख च्यात्ने प्रयास समेत गरेको महिलाले बताएकी छिन।  

यो घटनाको जानकारी  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नेतृहरू पम्फा भुसाल र अनेसरी घर्तीका साथै महराका कान्छो छोरा राहुल महरालाई पनि जानकारी गराएको महिला कर्मचारीले बताएकी छिन् । 


र, यो पनि पढ्नुहोस् :

सभामुख महरा प्रकरण सभामुख कृष्णबहादुर महरा

संम्बधित खबर

विशेष