चिनियाँ जहाजका कारण निगमलाई करोडौंको घाटा
काठमाडाैँ – नेपाल वायुसेवा निगमले आम्दानी गर्न नसकेको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत सेप्टेम्बर १६ मा चिनिया जहाज निर्देशन दिएको थियो। समितिल दुई चिनियाँ जहाज एम ए ६० लाई बेच्न निर्देशन दिएको थियो ।
समितिले चिनियाँ जहाजले निगमलाई घाटा लगाएको र भविष्यमाथप घाटा हुनबाट जोगाउनुपर्ने भन्दै बेच्न निर्देशन दिएको समितिकी सभापति पवित्रा निरौलाले जानकारी दिइन् । दुवै जहाज ६ वर्ष पहिले चिनबाट ल्याइएको थियो । जहाज बेचेपछि चिनिया पक्षको कुनै समन्वय नभएको भन्दै समितिले जहाज बेच्नु नै उपर्युक्त हुने निष्कर्ष निकालेको थियो ।
निगमले सन् २०१६/२०१७ मा ती जहाजबाट १९ करोड ११ लाखआम्दानी गरेको थियो जबकी ती जहाजको सञ्चालन खर्च ५३ करोड ७ लाख थियो । निगमले चिनियाँ जहाजका कारण त्यसबेला ३ ३करोड ९६ लाख घाटा खाएको थियो भने सन् २०१७/२०१८ मा ५७ करोड ६१ लाख घाटा खाएको थियो ।