चीनले बंगलादेशसँग गरेका सम्झौता प्राथमिकतामा परेन्
काठमाडाैँ – चीनले बंगलादेशसँग गरेका प्रतिबद्धताहरु हालसम्म कार्यान्वयन ल्याएको छैन् ।सन् २०१६ अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनफिङको बंगलादेशमा भ्रमणको क्रममा व्यक्त गरिएको २० बिलियन अमेरीकी डलर बराबरको सहयोग प्रतिबद्धतामा ९८१.३६ मिलियन अमेरीकी डलर बराबरको रकम मात्र खर्च गरेको छ ।
रकम पूर्वाधार निर्माणमा खर्च गर्ने गरी सम्झौता भएको थियो तर प्रतिबद्धता गरिएको वर्ष २०२० सम्म पनि खर्च हुने छाँटकाट देखिन्न । चीनको सहयोगमा २०२० भित्र सम्पन्न गर्ने गरी थालिएका २७ परियोजनाको प्रगति निकै सुस्त छ । चिनियाँ वाणिज्य मन्त्रालय र बंगलादेशका अर्थमन्त्रालयका प्रतिनिधि सम्मिलित द्धिपक्षीय कार्यदल हालै गठन गरिएको छ । कार्यदलले निर्धारित परियोजनामा ऋण, द्धिपक्षीय सम्झौता हस्ताक्षर र निजी लगानीसम्बन्धी समन्वय गर्नेछ ।
२७ परियोजनामा चीनले वित्तिय सहयोग गर्ने भनेको थियो, जसमा ६ ओटामा मात्रै हस्ताक्षर भएको छ । ५ परियोजना कार्यान्वयनको चरणमा छन् जसका लागि ५.६८ बिलियन खर्च भएको छ । बंगलादेशले बरिशाली–पातुखाली–क्वाक्ती सडकखण्डलाई चार लेनको बनाउन गरेको आग्रहमा बंगलादेशस्थित चिनिया दुतावासले बंगलादेशले एकतर्फी रुपमा ठूला परियोजनाहरुमा सहयोगको आग्रह नगर्न सूचित गर्दै चीन सरकारले सि जिनपिङको भ्रमणताका भएका सम्झौतामा मात्रै ध्यान केन्द्रित गर्ने जनाएको थियो ।