विदेश

भियतनाममाथि चीनको गिद्धे नजर 

भियतनाममाथि चीनको गिद्धे नजर 

काठमाडाैँ - साउथचाइना सी चिङफिङलाई लिएर गत जुलाइ पहिलो सातादेखि चीन र भियतनाम बीच तनाब बढ्दो छ । चीनको भौगर्भिक सर्भेक्षक पानी जहाज हाइयाङ डिजी–८(एचडी ८) सुरक्षक पानी जहाज सहित भियतनामको विशेषआर्थिक क्षेत्र र बनुगार्ड किनारमा प्रवेश गरेपछि भियतनाम कडा बनेका हो ।
 गतजुलाई १२ मा २० चिनियाँ पानी जहाजहरु फिर्ता पठाइएको थियो । भियतनामले २५ पानीजहाज, सैनिकसहितको पानी जहाजसमेत ल्याएर जापानले निर्माण गरिदिएको अनुसन्धान केन्द्र हाकुर्र्यु–५ को रक्षा गरेको थियो जुन रसिया र भियतनामले त्यस महाद्धिपको समृद्धिका लागि प्रयोग गर्दै आएका छन् । चीनियाँ तट रक्षकले पनि हाकुर्यु–५ का गतिविधिहरुमाथि निगरानी थालेका थिए । 

गत जुलाई–अगष्टमा भएको आसियान क्षेत्रीय बैठकमा यो विषय उठेको थियो । आसियान बैठकमा सम्बोधन गर्दै भियतनामका उपप्रधान तथा विदेशमन्त्री फामविन् मिन्ले साउथ चाइना सीमा चीनको भौगर्भिक सर्भेक्षक पानीजहाज हाइयाङ डिजी–८(एचडी ८) का कारण अवस्था जटिल बन्दै गएको आरोप लगाएको थियो । भियतनामको विशेषआर्थिक क्षेत्र र महाद्धिपमा हाइयाङ डिजी–८ ले नियमविपरीत काम गरेको बताएको थियो ।

यस विषयबारे आशियानका विदेशमन्त्रीहरुले पनि सो बैठकमा छलफल गरेका थिए। भने यसबारे विदेशमन्त्रीहरुको पूर्वी एशियाली सम्मेलनमा पनि चर्चा भएको थियो । 

अमेरीकासहित अन्तराष्ट्रिय समुदायले चीनको पानी जहाजसहिको उपस्थितिप्रति आपत्ति जनाएका थिए । अमेरीकी रक्षा विभागले गत अगष्ट २२ मा भियतनामको ग्याँस र तेलमा चीनले हस्तक्षेप गर्न खोजेको भन्दै आफ्नो गहिरो चासो व्यक्त गरेको थियो । अगष्ट २३ मा भियतनाम र अष्ट्रेलियाका रक्षामन्त्रीले जारी गरेको विज्ञप्तिमा तेल र ग्यास परियोजनामा अवाञ्छित गतिविधि बढेको उल्लेख गरेका थिए । 

यसमा चीनियाँ पानीजहाजहरुले सामुद्रिक तटमा भियतनामको सार्वभौमिकता, सार्वभौम अधिकार, कानूनीअधिकार समेत पालना नगरेको भन्दै भियतनामले राष्ट्रसंघीय अभिसन्धि अन्तर्गतका कानूनीउपचार खोज्न सक्ने अपेक्षा गरिएको छ ।

प्राक्कालदेखि नै भियतनामका साउथचाइना सी र जापानसँगविवादित सेनाका कु आइल्याण्ड चीनको भूभाग रहेको भन्दै निकालिएको पुस्तकप्रति भियतनामका विदेश मन्त्रीले विरोध जनाएका छन् । 


 

विशेष