News

नेपालमा चीनको बढ्दो आपराधिक गतिविधि

नेपालमा चीनको बढ्दो आपराधिक गतिविधि

काठमाडाैँ - नेपाल प्रहरीले गत अगष्ट २८ मा चिनियाँहरुले नेपाली चेलीहरुलाई विवाह गरी चीनमा लैजाने र जबर्जस्त यौनकार्यमा संलग्न गराउने गिरोह नै रहेकोे पत्ता लगायो ।

चिनियाँहरुले नेपाली चेलीबेटीहरुलाई विवाहको प्रलोभनमा पारी चीन लगेर जबर्जस्ती यौनकार्यमा संलग्न गराएको भन्दै चार चिनियाँ नागरिकहरुलाई पनि प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको थियो । पक्राउ पर्नेमा जेन् जियान्दोङ, झ्याङ दोङह्युल्म, क्वानझ्यान र किनलियाङ गरी चार चिनियाँ नागरिक रहेका थिए । 

चिनियाँहरुले विवाह र सुखको प्रलोभनमापारी पाकिस्तानीहरुलाई पनि जबर्जस्ती यौनकार्यमा संलग्न गराउने गरेको पटक पटक सञ्चार माध्यममा समाचार नै आएको छ। 

त्यसबाहेक पनि पाँच चिनियाँ नक्कली डाक्टर बनी उपचाररत रहेको अवस्थामा पक्राउ परेका थिए । जब किमेडिकल लाइसेन्स विना चिकित्सक पेशा अपनाउन पाइन्न । त्यस्तै साइबर आर्थिक अपराधमा संलग्न ५ जना चिनियाँहरु गत सेप्टेम्बर १ मा पक्राउ परेका थिए । 

पक्राउ पर्नेमा झु झु लियाङ आङ, लिनजिनमिङ, का लु जियालिङ,क्यु याङयिङ र चेन विनविन रहेका थिए । उनीहले नेपालको एटिएम मेशिन ह्याक गरी १२.६० मिलियन नेपाली रकम चोरेका थिए ।

उनीहरुको साथबाट सो रकम र १३२ नक्कली एटिएम, केहीअन्य देशको रकमसमेत बरामद भएको थियो । नेपाल प्रहरीले चिनियाँ व्यापारीहरु के कसरी मनी लाउण्डरिङ गरी चीनमा पैसा पठाउने कार्यमा संलग्न छन् भन्ने आशंकामा छानबिन पनि भइरहेको छ । 
 

विशेष