News

नेपालमा चीनविरोधी भावना बढ्दै

नेपालमा चीनविरोधी भावना बढ्दै

काठमाडाैँ – नेपाल र चीनका जनताबीच आत्मीय सम्बन्ध छ र दुवै देशका नागरिक एक अर्कालाई आदर सत्कार गर्छन । अझ नेपालीहरु चिनियाँहरुलाई धेरै नै आदर र सत्कार गर्छन । तर पछिल्लो समय चिनियाँहरुको शंकास्पद गतिविधि गरेका कारण चीनप्रति नकारात्मक दृष्टिकोण बढ्दै गएको छ । नेपाल सम्बन्धित अधिकारीहरु पनि चिनिया कम्पनीसँगका काम र चिनियाँ अधिकारीका व्यवहारबाट वाक्क भैसकेका छन् । 

नेपाल सरकारका विभिन्न परियोजनाका ठेक्का हात पार्न चिनियाँहरु निकै सस्तो दरमा लिन्छन र ठेक्काहात पार्छन तर निर्धारित समयमा काम पूरा गर्न सक्षम हुन्नन् । 

ठेक्का पाएपछि परियोजना लागत र समय बढाउँछन् । चिनियाँहरुले यस्तो निरन्तर गर्दै आएका छन् । नेपालका लागि अमेरीकी राजदूत रेण्डी बेरीले पनि हालै चिनिया कम्पनीहरुको यस्तो शैलीको आलोचना गरेका छन् । अर्कोतर्फ चिनियाहरु जो नेपालमा छन् र भ्रमणमा आउँछन् विभिन्न गलत क्रियाकलापमा संलग्न हुने गरेका छन् । 

चिनियाँहरुले नेपालको पूर्वी क्षेत्रमा औषधिका विरुवाको खेती, जनावर तस्करी, चेलीबेटी बेचबिखन, स्थानीय व्यापारीबाट सामान उधारोमा किन्ने तर रकम नतिर्ने, नेपालको बैंकिङ सर्भरमा ह्याक गरी एटिएम मार्फत करोडौँको रकम लुटपाट गर्ने, नेपाल सरकारको वेभसाइट ह्याकसमेतमा संलग्न भएको पाइएपछि सबै नेपालीहरु चिनियाहरुलाई शंकास्पद दृष्टिले हेर्न थालेका छन् । 

ठमेलस्थित चाइना टाउन भवन भाडामा दिने घरधनीनेवार पनि चिनियालाई भाडामा दिएकोप्रति पछुताउन थालेका छन् । धेरै भाडा दिने प्रलोभनमापारी घर भाडामा दिएपनि भाडा समयमा पाउन नसकेपछि घर खाली गर्न चिनियाव्यापारीलाई चेतावनी दिएका छन् तर चिनियाँ व्यापारीले भने घर खाली गर्न अस्वीकार गर्दै आएका छन् ।

चिनियाहरुले त्यहाँ चीबाट केटी ल्याएर वेश्यालय सञ्चालन गर्दै आएकाले यसले नेपाली समाजलाई पनि बिगार्न खोजेको घरधनीको आरोप छ । साथै धेरै चिनियाँहरुले अवैधानिक बार तथा रेष्टुरापनि सञ्चालन गर्दै आएका छन् । ती रेष्टुरेण्टमा ग्राहकले रकम तिरेपछि रसिद दिइन्न भने रसिद माग्दा गलत व्यवहारको शिकार हुनुपर्छ । 

यसले के प्रष्ट पार्छ भने चिनियाँहरु नेपालमा अवैधानिक गतिविधि गरी लुट्न आएका हुन् एटिएम ह्याक, सरकारी वेभसाइट ह्याकतथाविभिन्न ठेक्कापट्टामा थोरै लिलामीमार्फत ठेक्का हाल्नुले यो पुष्टि गर्ला । 

विशेष